Nepal Sarokar

रामकृष्ण बम मल्लको स्वदेश गान चन्द्र सुर्यको भिडियो सार्बजानिक

१७ जनवरी,टोकियो | जापानलाइ कर्म भुमि बनाएका बाग्लुंग गल्कोटका गायक रामकृष्ण बम मल्लले नेपाली राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत “चन्द्र सुर्य” लिएर सांगीतिक बजारमा आएका छन ।

नेपाली मन र नेपाली माटोलाई सधै भरि छातीमा बोकेर बिदेशी भूमिमा परिश्रम गर्दा पनि आफु नेपाली हुनुमा खुशीको महशुश गरेर यो गीत बनाएको गायक मल्लले बताए | नेपाली राष्ट्रिय भाव भएको उक्त गीतमा शब्द कृष्ण के.सी.को रहेको छ भने श्रीकृष्ण बम मल्लको संगीत रहेको छ ।

जापानमा सुटिंग गरिएको उक्त गीतको म्युजिक भिडियो निर्देशन रामकृष्ण स्वयमले गरेका छन भने नबिन घर्तीले सम्पादन र बिष्णु बस्नेतले छयांकनमा साथ दिएका छन । यस गीतमा एन आर एन आईसीसी उपाध्यक्ष भवन भट्ट,नेपाली राष्ट्रिय फुटवल टिमका पुर्व स्टार मिडफिल्डर बसन्त गौचन लगायतले अभिनय गरेका छन |

आर एस डिजिटलले अडियो उत्पादन र कृष्ण फिल्म्सले भिडियो निर्माण गरेको यो गीतको भिडियोमा नेपालीपन र माटोको सुगन्ध भेटिन्छ ।

प्रतिकृया दिनुहोस्