Nepal Sarokar

मंगोलियन हर्टका गितारिष्ट बबी लामाले गरे भुकम्प पिडितलाई राहत वितरण(भिडियो)

चर्चित ब्याण्ड मंगोलियन हर्टका गितारिष्ट बबी लामाले भुकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको बुताङ गा.वि.सका भुकम्प पिडित परिवारहरुलाई राहत वितरण गरेको भिडियो सार्वजानिक गरेका छन । ” हामीले नगरे कस्ले गर्ने – अहिले नगरे कहिले गर्ने “भन्ने उद्धार भाव बोकि देश-बिदेशमा रहेका नेपालीहरु बाट प्राप्त सहयोग संकलन गर्दै बबी लामाले आफ्नै जन्मथलो बुताङबासी भुकम्प पिडित परिवारहरुलाई राहत बितरण गरेको हो।

भुकम्प पश्चात उद्धारका लागी अहोरात्र खटेका लामाले बुताङबासीलाई त्रिपाल,म्याट खाद्य सामाग्री लगायत अति गरिब परिवारहरुलाई  नगद रु.६ हजार समेत प्रदान गरेका थिए। यसैगरी सो ठाँउमा अध्यनरत विद्यार्थीहरुको लागी स्कुल ब्याग , स्कुल ड्रेस वितरण पनि गरेका थिए । भविष्यमा विद्यालय बनाउने योजना रहेको पनि लामाले बताए।

पिडितहरुको सामुने गई आफुले सहयोग गर्न पाँउदा खुसी  रहेको बताउदै फेरी पनि यस्तै सहयोगहरुको अपेक्षा गरेको लामाले बताएका छन ।

प्रतिकृया दिनुहोस्