Nepal Sarokar

अभिनेत्री ज्याकलिनले खोलिन सौन्दर्यराज

एजेन्सी । श्रीलंकाली मूलकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको अभिनयमा लोभिने प्रशंसक धेरै नै छन् । उनको अभिनय मात्र होइन, सौन्दर्यले पनि त्यति नै धेरैलाई मोहित पारेको हुनुपर्छ । फिल्ममा र ‘रेड कार्पेट’मा मात्र होइन, ज्याकलिन ‘रियल’ मा पनि उत्तिकै सचेत छिन् । उनले आफ्नो सौन्दर्यराजबारे भारतीय मिडियासाग बताएकी छिन् :

श्रीलंकामा नरिवल धेरै पाइन्छ । नरिवलको तेल प्रयोग गर्नाले छाला राम्रो हुन्छ । मैले पनि छाला र कपाल राम्रो बनाउन नरिवलको तेल प्रयोग गर्ने गरेकी थिएँ । त्यति मात्र होइन, हामी फलफूल पनि धेरै खान्थ्यौँ । फलफूलले छालामा चमक मात्र बढाउँदैन, कपाल पनि ‘सिल्की’ बनाउन सहयोग गर्छ ।

सौन्दर्य सामग्रीमा मैले पहिलोपटक आमाको एउटा क्रिम प्रयोग गरेकी थिएँ । आमा काममा जानुभन्दा पहिले क्रिम लगाउनुहुन्थ्यो, स्किन केयर लगाउनुहुन्थ्यो । त्यसैले उहाँको छाला राम्रो थियो । मैले पनि उहाँकै क्रिम लगाउँथँे । त्यसैले मेरो छाला राम्रो भयो ।

अर्को कुरा, म मेकअप लामो समय राख्दिनँ । जस्तो, राति सुत्नुभन्दा पहिले म मेकअप राम्रोसँग पखाल्छु अनि मात्र सुत्छु । आँखाबाट पनि मेकअप हटाउँछु । यसरी सफा गर्न भिटामिन ए, ई, सी भएका धेरै ‘क्लिनर्स’ प्रयोग गर्छु ।

म अहिले पनि कपालमा दिनहुँ तेल लगाउँछु । त्यस्तै अनुहारलाई ‘स्टिम’ दिन्छु र फेसियल मसाज पनि गर्छु । मलाई लाग्छ, अहिलेको समयमा यी तीन कुरा नै खास सौन्दर्य मन्त्र हुन् ।

तर, म घरमा बस्दा धेरै मेकअप गर्दिनँ । केवल सनक्रिम लगाउँछु । बाहिर सुटिङमा जाँदा भने विभिन्न क्रिमहरू प्रयोग गर्छु । ओठका लागि मसँग एउटा राम्रो ‘लिप बाम’ छ र आँखाका लागि गुणस्तरीय ‘मस्कारा’ ।

अहिले चिसो मौसम सुरु भइसकेको छ । यस्तो समयमा छालाको विशेष ख्याल गर्नुपर्छ । त्यसका लागि ‘फेसियल’ तेल प्रयोग गर्न सकिन्छ । म पनि फेसियल तेल प्रयोग गर्छु, जुन मेरो छालाले सहजै सोस्न सक्छ ।

प्रतिकृया दिनुहोस्