Nepal Sarokar

अमिताभ बच्चन गम्भीर बिरामीको शिकार

एजेन्सी । बलिउडका बिग बी अमिताभ बच्चनले हालै एक सनसनीपुर्ण खुलासा गरेका छन् ।

उनले ब्लगमार्फत आफनो लिबर ७५ प्रतिशत खराब भईसकेको र लिबरले २५ प्रतिशत मात्र काम गरेको बताएका हुन् । सन १९८३ मा कुली फिल्मको सुटिङको दौरान भएको दुर्घटनाको कारण उनलाई ६० बोतल रगत चढाउनु परेको थियो ।

लगभग २००४–२००५ मा चेकअपको क्रममा उनको लिबरले ७५ प्रतिशतले काम गर्न छोडेको पत्ता लागेको थियो । उनको लिबर खराब हुनुको कारण भने उनलाई ६० बोतल रगत चढाउनु पर्दाको समयमा एक जना रक्तदाताको रगत हेपाटाइटिस बीको भाइरसबाट ग्रसित रहेको थियो । जुन समयस्याबाट बीग बी पनि पिडित रहेका छन् ।

रक्सीसमेत सेवन नगर्ने बीग बी हाल सम्म पनि आफनो सुधार भएर नियमित चेकअप गरिरहेको बताएका हुन् । बीग बीले यो बिरामीको कारण आफुलाई निकै पिडा हुने गरेको पनि बताएका छन् । सायद यहि कारणले पनि केहि समय अगाडी बिग बी हेपाटाइटिसको भ्याक्सिन सम्बन्धित जागरुकता कार्यक्रमको ब्राण्ड एम्बेस्डरसमेत बनेका थिए ।

प्रतिकृया दिनुहोस्