Nepal Sarokar

अक्षयकुमार र दीपिका पादुकोणे भारतीय होइनन्

काठमाडौं । अक्षयकुमार भारतीय फिल्म उद्योग बलिउडका सफल अभिनेता हुन् । विगत दुई दशक लामो आफ्नो फिल्मी करियरमा उनले दर्जनौं हिट फिल्महरु दिएर स्टारडम बनाइसकेका छन् । त्यति मात्र होइन अक्षर झण्डै एक दशकदेखि बलिउडका हिट जोडी राजेश खन्ना र डिम्पल कपाडियाका सुपुत्री ट्विङ्कल खन्नासँग सफल वैवाहिक जीवन विताइरहेका छन् । तर थोरैलाई मात्र थाहा होला अक्षयकुमार भारतीय नागरिक भने होइनन् । उनी गैरआवासीय भारतीय एनआरआइ हुन् । कानूनतः उनी क्यानडाका नागरिक हुन् । क्यानडाको नागरिकता बोकेर उनी भारतमा एनआरआइको हैसियतमा बसिरहेका छन् ।

अक्षयकुमार मात्र होइन त्यस्ता थुप्रै स्टारहरु छन्,जोसँग भारतीय नागरिकता छैन । त्यसमा अहिलेकी नम्बर वान नायिका दीपिका पादुकोणे पनि पर्छिन् । कुनै समयकी मिस इण्डिया समेत रहेकी उनीसँग अहिले भने डेनमार्कको नागरिकता छ । उनको आमा वुवा र परिवार अझै डेनमार्कमै बस्छन् ।

आमिर खानका भाञ्जा अभिनेता इमरान खानसँग पनि भारतको नागरिकता छैन । मामा आमिरकै माध्यमबाट बलिउडमा करियर बनाएका उनी बेलायती नागरिक हुन् । अभिनेत्री क्याट्रिना कैफ पनि वेलायती नागरिक हुन् भन्ने चाहिं धेरैलाई थाहा छ । तर भर्खरै उदाउँदै गरेकी अभिनेत्री आलिया भट्ट पनि बेलायती नागरिक हुन् भन्ने चाहिं थोरैलाई मात्र थाहा होला । किनभने उनी प्रसिद्ध चलचित्र निर्माता तथा निर्देशक महेश भट्टकी कान्छी श्रीमतिपट्टिकी कान्छी छोरी हुन् । आलियाकी आमा बेलायती नागरिक हुन् ।

कंगना रनावतको सफल चलचित्र क्वीनमा फ्रान्सकी नागरिकका रुपमा देखिएकी अभिनेत्री लिसा हेडन वास्तवमा अष्ट्रेलियाकी नागरिक हुन् । अभिनय र मोडलिङमा करियर खोज्दै बलिउड आइपुगेकी उनी यतै रमाइरहेकी छिन् । यस्तै अभिनेत्री पल्लवी श्रद्धा पनि अष्ट्रेलियन नागरिक हुन् ।

नेपालकी मनिषा कोइराला पनि कुनै समयमा बलिउडकी नम्बर एक नायिकामा गनिन्थिन् ।

प्रतिकृया दिनुहोस्