Nepal Sarokar

आफ्नै केटी फ्यानबाट सलमान खान लुटिए

एजेन्सी । बलिवुड अभिनेता सलमान खानको सामान लुटिएको छ। मुम्बईको बान्द्रामा रहेको बान्द्रा नाइट क्लबमा  सलमानको सामान लुटिएको हो। भारतीय संचारमाध्यमले जनाए अनुसार सलमानको सामान चार जनाको समूहमा रहेका युवतीहरुले गत हप्ता लुटेका हुन्।

प्राप्त रिपोर्टहरु अनुसार चार युवतीहरुले आफूहरु सलमानको फ्यान भएको बताउँदै सलमानसँग कुरा गर्न थाले र केही समयपछि त्यहाँबाट हिँडे। युवतीहरु गएको केहि समयपछि मात्र सलमानले टेबलमा राखिएको आफ्नो पर्स, चश्मा एवम् लकेट चोरिएको थाहा पाए।

सामान चोरिएपछि उनलाई उनका अंकरक्षकले प्रहरीमा चोरीको रिपोर्ट गर्न सुझाइए तर उनले मानेन। उल्टो उनले ध्यान नदिएको भन्दै उनीहरुलाई गाली गरे।

प्रतिकृया दिनुहोस्