Nepal Sarokar

पहिलो काभ्रेली कप सम्पन्न, राईजिङ नेपाल बन्यो च्याम्पियन

प्रथम काभ्रेली कप फुटसल कपको उपाधि राइजिङ् नेपाल क्लबले हात पारेको छ।

टोकियोमा आइतबार सम्पन्न भएको प्रतियोगितमा टाेकियो ब्रदर्शलाई हराउदै राइजिङ् नेपालले उपाधीमाथि कब्जा जमाएको हो । उसले उपाधीसंगै नगद तीन लाख येन हात पार्याे भने उपबिजेता टाेकियाे ब्रदर्शले एकलाख पचास हजार येनमा चित्त बुझायो।

प्रतियाेगितामा व्यक्तिगत उपाधी तर्फ बेस्ट प्लेयर अजय गुरुङ, बेस्ट डीफेन्डर सुर्य गुरुङ, बेस्ट किपर सन्जिब खड्का र हाई स्कोररमा राम बिके नगद सहित पुरस्कृत भएका थिए।
बिजेताहरुलाई प्रमुख अतिथि नेपाली फुटबल टोलीको पुर्ब राष्ट्रिय खेलाडी बसन्त गौचन, विशेष अतिथि एनअारएनए जापानका उपाध्यक्ष शिव पौडेल, अतिथि एनअारएनए जापानका सचिव जनक बिक्रम शाही, तमुधी जापानका अध्यक्ष श्री गुरुङ, एनअारएनए जापानका सदस्य नारायण खड्काले पदक तथा प्रमाणपत्र हस्तान्तरण गरिएकाे थियाे।पुरस्कार बितरण कार्यक्रम समाजका अध्यक्ष मेख वाईबा तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतियोगितामा जापानका सक्रिय ३५ वटा फुटसल टिमले सहभागिता जनाएको फुटसल प्रतियाेगिताका संयोजक प्रसान्त तामाङ्ले बताए।प्रतिकुल मौसमको बावजुद सक्रिय सहभागिता र साथको लागि सबैप्रति आभारी रहेको पनि संयोजक तामाङले बताए।

 

प्रतिकृया दिनुहोस्