Nepal Sarokar

नेपाल तामाङ समाज जापान, किताकान्तोद्वारा मकवानपुरका बाढी पिडितहरुलाई सहयोग ।

नेपाल तामाङ समाज ,जापानको क्षेत्रिय समिति किताकान्तो द्वारा बाढी पिडितहरुलाई सहयोग गरेका छन । समाजले मकवानपुर जिल्लाका मनहरी गाउपालिका-६,नयाँबस्तीमा बाढी बाट प्रभावित पिडितहरुलाई राहत वितरण गरेको हो।

तामाङ सञ्चार समूह जिल्ला कार्यसमिति मकवानपुर द्वारा हिजो एक कार्यक्रमको आयोजना गरी १९ घर-परिवारहरुलाई दैनिक उपभोग्य सामाग्रीहरु वितरण गरेको हो ।
संस्था द्वारा आयोजित प्रथम बार्बिक्यु कार्यक्रमबाट ३७हजार ६सय यन र अन्य नेपाली लगायत केहि बिदेशीहरु बाट संकलित रकम ८५ हजार यन मकवानपुरका पत्रकार एवं समाजका प्रतिनिध आदर्श थोकरको संयोजकत्वमा नेपाल पठाईएको थियो।

कार्यक्रममा तामाङ सञ्चार समूह मकवानपुरका अध्यक्ष दुदुमाया सिन्तानको अध्यक्षता तथा मनहरी गाउपालीका वडा नं ६ का वडा अध्यक्ष गोपीलाल मोक्तान लगायत कलाकार एवं निर्देशक बाबु थिङको आतिथ्यमा कार्यक्रम भएको थियो ।

तराई क्षेत्रमा अविरल बर्षातका कारण केहि समय अघि हजारौ घरहरु डुबानमा परेको थियो । यसमा मकवानपुर जिल्ला पनि डुबानमा परेको थियो ।

नेपाली समाजमा आईपर्ने विभिन्न किसिमका घटनाहरु लगायत आपत-बिपतमा संस्था सँधै सहयोग गर्न तयारी अवस्थामा रहेको संस्थाका अध्यक्ष कुलमान लामाले बताएका छन । सहयोगी मनहरु सबैलाई धन्यवाद प्रकट गर्दै संस्थाको आगामी कार्यक्रमहरुमा समेत यस्तै सहयोगको अपेक्षा राखेको अध्यक्ष लामाले बताएका छन ।

 

प्रतिकृया दिनुहोस्