Nepal Sarokar

टोकियोमा डान्स पार्टी हुने।

डिजे एसोशिएशन जापानले टोकियोमा पहिलो पटक डान्स पार्टीको आयोजना गर्ने भएको छ । हिन्दु धर्मालम्वीहरुको महान चाड वडा दशैको उपलक्ष्यमा शुभकामना सहित मनोरञ्जन प्रदान गर्ने उद्देश्य स्वरुप डिजे ‘ दशै डान्स पार्टी’को आयोजना गर्न लागिएको आयोजकका प्रतिनिधी सरुन गुरुङले बताएका छन ।

कार्यक्रममा डिजे सरुन गुरुङ र डिजे नविन लामाको संयुक्त प्रस्तुति रहनेछ । जापानका विभिन्न सहरहरुमा हुने नेपाली डिजे पार्टीहरुमा डिजे गर्दै आएका गुरुङ र लामा जापानमा डिजेको रुपमा चर्चित छन भने हाल सम्म दुई दर्जन भन्दा बढि कार्यक्रमहरुमा डिजे गरिसकेका छन ।

कार्यक्रमका आयोजक समेत रहेका डिजेद्वय गुरुङ र लामा द्वारा बिषेशगरी टोकियो र टोकियो आसपास रहनुभएका नेपालीहरुलाई कार्यक्रममा उपस्थितिको लागी अनुरोध गरेका छन ।

कार्यक्रममा सह-आयोजकको रुपमा तामाङ युथ सोसाइटी जापान र नेपाल जापान युथ क्लब रहेका छन भने
प्रायोजकमा हिता हिमालायन ईन्टरनेशनल ट्रेडिश्नल आर्ट र भेर्बे ईन्टरनेशनल रहेको छन ।

कार्यक्रम यहि आँउदो सेप्टेम्बर ३० तारिक शनिवारको दिन सिनओकुबो स्थित बारकाडे नेपाली रेष्टुरेण्टमा बेलुकी १० बजे बाट बिहान ५ बजे सम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस्