Nepal Sarokar

तामाङ समाज जापान कित्ता कान्तोको सम्मेलन जुलाई ३० मा हुने।

जापानमा रहेका तामाङहरुको संस्था नेपाल तामाङ समाज जापानले तोचिगी,गुन्मा र ईबाराकीको संयुक्त क्षेत्रिय समिति किता कान्तो निर्माण गर्ने भएको छ।केही समय अगाडि सो क्षेत्रमा बसोबास गर्ने तामाङहरुको बृहत भेलाले सो निर्णय गरेको समाजका केन्द्रीय उपाध्यक्ष आधि मोक्तानले बताए।

भेलाले कुलमान घिसिङको संयोजकत्वमा पहिलो किता कान्तो सम्मेलन आयोजक समिति बनाएको थियो।
सम्मेलन आयोजक समितिको आज बसेको बैठकले सो क्षेत्रको पहिलो सम्मेलन ओयामामा जुलाई ३० मा गर्ने निर्णय गरेको छ। सम्मेलनको तयारी तिब्र रुपमा गर्नको लागि बिभिन्न बिभागको निर्माण गरेर अघि बढने निर्णय गरेको छ।ब्यानर निर्माण र प्रचार प्रसार बिभाग सरोज तामाङ,प्रमुख अतिथि र अतिथि व्यब्थापन बिमल तामाङ,हल ब्यवस्थापन प्लेक बज्र तामाङ स्वयमसेवक बिभाग कृष्ण तामाङ रहेका छन।

त्यस्तै गरी कित्ता कान्तोको क्षेत्रिय सम्मेलन आयोजक समितिमा तिन सदस्य थप गरी आयोजक समितिलाई १९ सदस्यिय बनाउने समेत निर्णय गरिएको छ। आयोजक समितिका सदस्यहरुमा सरोज तामाङ,कुमार तामाङ,लेक बज्र लामा तामाङ,सुपध तामाङ,पर्वत तामाङ,कृष्ण लामा तामाङ,अंकित तामाङ,भरत तामाङ,विमल तामाङ,उमेस लामा,निमा तामाङ,सुजन लामा,सुनित तामाङ,वाङचु लामा,रबिन लामा,सुनिल तामाङ,आदर्श लामा,अभिनास तामाङ रहेका।

प्रतिकृया दिनुहोस्