Nepal Sarokar

जापानबासी नेपालीले मनाए बुद्द जयन्ति

टोकियो,जापान।जापानवासी नेपालीहरुले बिश्व शान्तिका अग्रदुत गौतम बुद्दको २५६१औं जयन्ति मनाएका छन।ईचिगायामा रहेको बौद्द गुम्बामा औपचारिक कार्यक्रमको साथमा पुजा गरि बुद्द जयन्ति मनाएको हो।
नेपाल आदिबासी जनजाति महासंघ, जापानको आयोजनामा भएको कार्यक्रममा मन्तब्य राख्दै वक्ताहरुले बुद्दको जन्मस्थल लुम्बिनि नेपालमा हो भनेर अन्तराष्ट्रिय स्तरमै ब्यापक प्रचार प्रसार गर्नु पर्ने बताए।
कार्यक्रममा मन्तब्य राख्दै जापानका लागि नेपालको कार्यबाहक राजदुत कृष्णचन्द्र अर्यालले बुद्दले देखाएको बिश्व शान्ति,अहिंसा र सदभावको मन्त्र सबैले अनुसरण गर्नु पर्ने बताउदै बुद्द, बौद्द धर्मावालम्बिहरुको मात्र नभएर नेपालकै गौरव रहेको बताए।बुद्दको जन्मभुमि भएकै कारणले थुप्रै जापानीहरुले नेपालमा लगानी गर्न ईच्छा देखाएको पनि अर्यालले बताए।
कार्यक्रममा उपस्थित भक्तजनहरुलाई भिक्षु अन्जु सान ‘रमा’ले आशिर्वाचन गर्दै बुद्दले दिनु भएको शान्ति र अहिंसाको मार्गमा सबै हिडनु पर्ने बताए।
नेपाल सरकारका पर्यटन दुत तथा एनआरएन जापानका महासचिव अनुज थापाले बुद्दले दिएको ज्ञानलाई नेपालीले संच्चिकै ब्यबहारमा उतर्न सकेमा देश पुन: शान्तिको भुमि हुने र यसले देशको पर्यटन उधोगलाई ठुलो योगदान हुने बताए।
नेपाल तामाङ समाज, जापानका संस्थापक अध्यक्ष रेख ब्लोन तामाङले जापानको शैक्षिक सामाग्रीमा बुद्दको जन्मभुमि भारत भनेर लेखिएकोले त्यसलाई सच्याउनको लागि कुटनैतिक स्तरमै पहल हुनुपर्ने बताए।कार्यक्रमका अर्का वक्ता आदिबासी जनजाति महासंघका पुर्ब महासचिव डा.दिनेश मानन्धरले नेपालीले संचालन गरेको रेष्टुरेन्टहरुले ईन्दो- नेपाल रेष्टुरेन्ट भनेर लेख्दा नेपाल भारतकै एउटा प्रान्त हो कि भन्ने भ्रम जापानीहरुमा परेको बताए।
ईचिगायामा स्थित निप्पोनजान मियोहोजी गुम्बामा भएको कार्यक्रम महासंघको अध्यक्ष पासाङ शेर्पाको सभापतित्वमा भएको थियो भने सचिव देबिबहादुर ईङनामले संचालन गरेका थिए।

प्रतिकृया दिनुहोस्