Nepal Sarokar

जापानको यामातो कम्पनिले ९ हजार नयां कर्मचारी थप्ने।

एजेन्सी । जापानको चर्चित पार्सल डेलीभरी सेवाप्रदायक कम्पनी यामातो होल्डिङसले ९ हजार २ सय कामदारहरु थप्ने भएको छ ।

यामातोले आफ्नो कम्पनीअन्तर्गत यसैवर्ष विभिन्न कामदारहरु थपेर अहिले भैरहेका कामदारहरुको ओभरटाइमको भार घटाउने नीति ल्याएको हो ।

कम्पनीको योजनाअनुसार स्थायी र अस्थायी गरी ४ हजार २ सय कामदार थपिने छ । यस्तै अन्य ५ हजार कामदार भने आंशिक कामदारका रुपमा थपिने छन् । सन् २०१३ पछि कम्पनीले एकैचोटी यति धेरै कामदार थप्न लागेको हो ।

अनलाइनबजारको विस्तार भएका कारण पार्सल डेलिभरीको भार बढेकोले यामातो जस्ता सेवाप्रदायकहरुका कामदारहरु अहोरात्र खटेर ओभरटाइम गर्नुपर्ने बाध्यतालाई कम्पनीको यो निर्णयले सहज हुने बिश्वास गरिएको छ।

अनलाइनबजार विस्तार भएकाले जापानमा पछिल्लो समय पार्सल डेलिभरी सेवाप्रदायक कम्पनीहरुमा कामदारको अभाव बढेको छ । यामातोको यो कदमपछि ऊसँग प्रतिस्पर्धामा रहेका सगावा एक्सप्रेस कम्पनी र जापान पोष्ट कम्पनीले पनि कामदार थप्ने निर्णय गर्न सक्ने बताइएको छ ।

यामातोमा ठुलो संख्यामा नेपाली बिद्यार्थीहरुले पार्ट टाईम काम गर्ने गर्दछन।

प्रतिकृया दिनुहोस्