Nepal Sarokar

इराकको राजधानी बग्दादमा आत्मघाती आक्रमण,कम्तीमा १५ को मृत्यु

एजेन्सी । इराकको राजधानी बग्दादमा आत्मघाती आक्रमण भएको छ । आक्रमणमा परि कम्तिमा १५ जनाको ज्यान गएको छ ।

बग्दादमा रहेको प्रहरी चेकपोष्टमा आत्मघाती कार बम आक्रमण भएको बिबिसीले जनाएको छ । घटनामा ४० जना भन्दा धेरै घाइते भएका छन् ।

प्रहरी चेकपोष्ट नजिक रहेको तेलको ट्यांकरमा लगेर आक्रमणकारीले कार बम विस्फोट गराएको सरकारी अधिकारीले बताएका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले पछिल्लो समय इराकमा यस्तै खालका आक्रमण गर्दै आएको छ ।

इराकी सेनाले अहिले आइएसको कब्जामा रहेको मोसुल शहर आफ्नो नियन्त्रणमा लिनका लागि कारवाही अभियान चलाइरहेको छ । मोसुल इराकमा आइएसको कब्जामा रहेको अन्तिम शहरी क्षेत्र हो । अमेरिकी गठबन्ध सेनाको सहयोगमा भइरहेको कारवाही अभियान निष्कर्ष तर्फ उन्मुख भएको इराकी सेनाले बताएको छ ।

प्रतिकृया दिनुहोस्