Nepal Sarokar

झलक दिखला जाको ट्रफि जितेपछि तेरिया मगरले नेपालीलाई यस्तो भनिन्

काठमाडौं । भारतीय टेलिभिजनको रियलिटी शोमध्ये प्रतिष्ठित मानिने कलर्स टेलिभिजनको झलक दिखला जाको ट्रफि जितेकी नेपालकी तेरिया फौजा मगरले आफ्नो जीत सम्पूर्ण नेपालीको भएको बताएकी छिन् ।

विजेता घोषणा भएको फाइनल एपिशोड प्रसारण भए लगत्तै सामाजिक सञ्जाल मार्फत तेरियाले आफ्नो जीतको खुशी नेपालीहरुसँग बाँड्न चाहेको बताईन् । आफूप्रति सिंगो देशले देखाएको मायाले आफूलाई ऋणी बनाएको उनको भनाइ छ । साथै उनले नेपाली समुदायमा बसेर अझ केही गरेर देखाउने इच्छा रहेको उल्लेख गरेकी छिन् ।
आफ्नो जीतको सुखद खबरपछि प्रत्येक मिनेटमा शुभेच्छुकहरुको सन्देश प्राप्त भैरहेको जनाउँदै उनले आफूले ती सबैको प्रतिउत्तर दिन नसकेकोमा दुख व्यक्त गरेकी छिन् । आफ्नो बाध्यतालाई बुझिदिनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरेकी छिन् ।

तरियाको फेसबुक स्टटस जस्ताको तस्तै :

अदर्निय आमाबुवा दाजुभाइ तथा दिदीबहिनी हरु सम्पूर्णमा हार्दिक नमस्कार ।

यो विजय मेरो मात्र होइन हामी सबै नेपाली को हो । तसर्थ आज म यती धेरै खुशी छु जुन कुरा शब्दमा ब्यक्त गर्न सकिरहेकी छैन । हजुरहरुको अपार मायाले आज मलाई यो स्थानमा पुरायको छ । म मेरो देश नेपाल प्रती ऋणी बनेकी छु । शायद म कहिलै तिरेर सक्दिन होला । विजयको यो उल्लास्मा म यती मात्र भन्न चाहन्छु कि सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनी हरुलाई धेरै धेरै धन्यवाद । म नेपाली समुदायमा अझ केही गरेर देखाउने छु । धन्यवाद ।

प्रतिकृया दिनुहोस्