Nepal Sarokar

वायने रुनीले रचे गोलको कीर्तिमान

एजेन्सी । म्यानचेस्टर युनाइटेडका कप्तान वायने रुनीले क्लबका सर्वकालिन सर्वाधिक गोलकर्ताको कीर्तमान बनाएका छन् ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको स्टोक सिटीसँगको खेलमा गोल गर्दै रुनीले कीर्तिमान बनाएका हुन् ।

रुनीले स्टोक सिटीसँगको खेलमा इन्जुरी समयमा गरेको बराबरी गोल युनाइटेडका लागि गरेको दुई सय ५० औं गोल हो ।

रुनीले सन बबी चार्लटनको कीर्तिमान तोडेका हुन् । चार्लटनले दुई सय ४९ गोल गर्दै कीर्तिमान बनाएका थिए । रुनीले गरेको दुई सय ५० औं गोल प्रिमियर लिगको यो सिजनमा दोस्रो गोल हो ।

सन् २००४ मा १८ वर्षको उमेरमा एभर्टनबाट आएका रुनी युनाइटेडको इतिहासमा सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले यो कीर्तिमान बनाउन पाँच सय ४६ औं खेल पर्खिनु पर्‍यो ।

प्रतिकृया दिनुहोस्