Nepal Sarokar

नायिका केकी अधिकारी बनिन् नम्बर १ नायिका,रेखा थापालाई शिल्पाले उछिनिन्

काठमाडौं । नायिका केकी अधिकारीको सौन्दर्य र शारीरिक बनोट आम खालको छ । उनको फिल्मी करियर पनि उति चम्किलो होइन । तर सबैको अनुमान विपरित नायिका केकी अधिकारी उनका समकालीनहरु मध्ये उच्चस्थानमा रहेकी छिन् । भन्नैपर्दा उनी अहिलेकी नम्बर वान नायिका हुन् । उनलाई यसरी नम्बर वानको दर्जा दिलाउने अरु कोही नभएर अहिलेका चल्तपुर्जा निर्देशकहर हुन् । प्रसन्न पौडेल निर्देशित स्वर चलचित्रबाट डेब्यू गर्दै लभ सासासम्म आइपुग्दा केकी निर्देशकहरुको नजरमा नम्बर वान नायिका बन्न सफल भएकी छिन् । केकीलाई नम्बर वानको स्थान दिलाउन उनीसँग पाँच गुण र क्षमता रहेको निर्देशकहरुले पहिचान गरेका छन् । ती हुन् : लुक्समा नेपालीपन,प्रभावशाली अभिनय,फोटोजेनिक,अध्ययनशील र सिर्जनशील अनि सरल र बौद्धिक ।

केकीलाई नम्बर वानको स्थान दिलाउन उनीसँग पाँच गुण र क्षमता रहेको निर्देशकहरुले पहिचान गरेका छन् । ती हुन् : लुक्समा नेपालीपन,प्रभावशाली अभिनय,फोटोजेनिक,अध्ययनशील र सिर्जनशील अनि सरल र बौद्धिक ।

निर्देशकहरु उज्ज्वल घिमिरे,ऋषि लामिछाने,दिनेश डिसी,दीपा बस्नेत,दीपेन्द्र के खनाल,नारायण पुरी,निश्चल बस्नेत,सम्झना उप्रेती रौनियर,सुवर्ण थापा र हेमराज बीसीका अनुसार सुन्दरतामा केकी अधिकारी नै पहिलो नम्बरमा पर्छिन् । दोस्रोमा नम्रता श्रेष्ठ छिन् भने प्रियंका कार्कीले तेस्रो स्थान पाएकी छिन् । यस्तै बौद्धिकतामा पनि केकी अधिकारीले नै पहिलो स्थान हासिल गरेकी छिन् । व्यवस्थापनमा एमविए सकाएर केही समय अघि मात्रै केकीले त्रिविबाट दीक्षित भएकी थिईन् । उनीपछि नम्रता श्रेष्ठ र प्रियंका कार्की क्रमश दोस्रो र तेस्रो बौद्धिक नायिकामा पर्छिन् । निर्देशकहरु अभिनयमा पनि केकीलाई नै अब्बल ठान्छन् । उनीपछि बल्ल नम्रता र प्रियंकाको नाम आउँछ । तर नम्बर वान हुँदा हुँदै पारिश्रमिक पाउनेमा भने केकी निकै पछि रहेकी छिन् । उनले आफ्नो क्षमता अनुसार डिमाण्ड गर्न नसक्दा केकी पारिश्रमिकका हिसावमा भने पाँचौं नम्बरमा छिन् । नम्रता, प्रियंका,रेखा थापा र निशा अधिकारी केकीले भन्दा राम्रो पारिश्रमिक पाउने नायिकामा पर्छिन् ।

व्यवहारमा भने केकी दोस्रो नम्बरमा छिन् । उनलाई प्रियंका कार्कीले उछिनेकी हुन् । प्रियंका नेपाली चलचित्र क्षेत्रमा निकै लोयल र नम्र हिरोइन्मा गनिन्छ । उनलाई पछ्याउँदै केकी दोस्रो नम्बरमा परेकी हुन् । उत्कष्ट नायिकाहरको सूचीको दोस्रो नम्बरमा नम्रता श्रेष्ठ,तेस्रोमा प्रियंका कार्की,चौथोमा साम्राज्ञी शाह र पाँचौंमा ऋचा शर्मा छिन् । निर्देशकहरुको आँखामा रेखा थापा भने ७ नम्बरमा परेकी छिन् । उल्लेख्य कुरा के छ भने उनलाई उनका पूर्व पति छविराज ओझाले डेब्यू गराएका शिल्पा पोखरेलले समेत उछिनेकी छिन् । शिल्पा उत्कृष्ट १० नायिकाको सूचीमा नम्बर ६ मा छिन् ।

प्रतिकृया दिनुहोस्