Nepal Sarokar

विमानस्थलमै एक किलो सुन गायव

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीकै ट्रान्जिट बनिरहेको खुलासा लगातार भइरहेको छ । विदेशी नागरिकहरुले अन्य मुलुकमा सुन ल्याउने र पुर्याउने काममाम नेपालको विमानस्थल नै प्रयोग गरिरहेको पाइएको हो ।

यतिमात्र होइन, शुक्रबार साँझ सुनसहित पक्राउ परेका आरोपीको कुरा सुन्ने हो भने त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफूले ल्याएको सुनको आधा भन्दा बढी हिस्सा पो गायव भएको छ । विमानस्थलको अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेपछि सुन तस्करी निरन्तर भइरहेको मात्र होइन, विमानस्थलमा सुन गायव भएको अनुमानसमेत गरिएको हो ।

अन्नपूर्ण पोष्ट दैनिकका अनुसार, मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई सय ग्राम सुन बरामद भएको छ । उनले आफूसँग साढे दुइ किलो सुन भएको बताए पनि भन्सार कार्यालयका कर्मचारीले खानतलासी गर्दा एक किलो दुई सय ग्राम मात्र फेला परेको हो ।

जाँचक्रममा एक किलो दुई सय ग्राम मात्र भेटिएकाले थप अनुसन्धान भईरहेको भन्सार कार्यालयका एक कर्मचारीले बताए । सुन ओसारपसारमा संलग्नले नै आफूसँग धेरै सुन भएको र थोरै बरामद भएको घटनाले थप आशंका उब्जाएको छ । सुन तस्करीले रिन्तरता पाएसागै विमानस्थलमै सुन गायव भयो या तस्करहरुले आरोप लगाए, चिन्ताको विषय बनेको छ ।

प्रतिकृया दिनुहोस्