Nepal Sarokar

ड्युटीमै बैंक कर्मचारीको मृत्यु

झापा । नेपाल राष्ट्र बैंक काँकडभिट्टा शाखाका कर्मचारीको हृदयाघातका कारण मृत्यु भएको छ ।

कार्यालय समयमै काम गरिरहेका बेला एक्कासि रिङ्गटा चलेर बेहोस भएका मेचीनगर–१० का ४८ वर्षीय दिवाकर आचार्यको उपचारको क्रममा विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो ।  मृत्यु भएका कर्मचारी बैंकमा पाँचौ तहका कर्मचारी रहेको बैंकका निमित्त प्रमुख सुरेशबहादुर श्रेष्ठले बताउनुभयो । शुक्रबार दिउँसो ११ः३० बजे एक्कासि रिङ्गटा चल्यो भन्दै बेहोस भएका कर्मचारीलाई उपचारका लागि तत्काल बिएन्डसी हस्पिटल लगिएको थियो ।

उपचारमा संलग्न डाक्टरले अत्यधिक प्रेसर बढेका कारण हृदयाघात भई उनको मृत्यु भएको जनाएको निमित्त प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्