Nepal Sarokar

बलले टाउकोमा लागेर बंंगलादेशका कप्तान गम्भीर घाइते

काठमाडौ । बंंगलादेशका कप्तान मुशफिकर रहिमलाई न्युजिल्याण्डसँगको टेस्ट क्रिकेटको क्रममा बलले टाउकामा लागेको छ ।

न्युजिल्याण्डका टिम साउथीले बलिङ गरेको बल बंगलादेशका कप्तान रहिमको हेलमेटमा लागेको हो । पहिलो टेस्टेको अन्तिम दिन सोमबार बिहान विलिङटनमा रहिमको टाउकोमा बलले लागेको हो । बलले लागे लगतै रहिमलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो । रहिमले साउथीले बलिङ गरेको बल टाउकोमा लाग्नु अघिसम्म दोस्रो पारीमा १३ रन बनाएका थिए । बलले लागेपछि रहिम घुँडाले टेकेर केहीबेर अडिएका थिए ।

पछि उनी बेहोस भए । उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो । एक्स–रे बाट उनको टाउकोमा गम्भीर चोट नदेखिएको र उनको अवस्था अहिले सामान्य रहेको टिमका प्रवक्ताले बताएका छन् । रहिमले चिन्ता नर्गन आग्रह गरेका छन् ।

दुई टेस्टको श्रृँखलाको पहिलो खेलमा बंगलादेश सात विकेटले पराजित भएको छ ।

प्रतिकृया दिनुहोस्