Nepal Sarokar

नेपालकी छोरी तेरिया मगर भारतीय रियालिटी शोको फाइनलमा,भोटिङका लागि अपिल

काठमाडौं । सन् २०१२ मा भारतको चर्चित टेलिभिजन जी टीभीबाट प्रशारण हुने रियालिटी शो ‘डीआइडी–३ को विजेता बन्दा वुटवलकी तेरिया मगरले नेपालीको खुबै साथ पाइन् । उनको जितलाई धेरै नेपाली र भारतकै नेपाली समुदायले पनि नेपाली स्वाभिमानसँग दाँजे । उनलाई जिताउन नेपालीको भोट र उनको मिहिनेतको उत्तिकै भूमिका थियो ।

उनै, तेरिया अहिले फेरि अर्को सफल डान्स रियालिटी शो ‘झलक दिखलाजा’को फाइनलमा पुगेकी छिन् । जनवरी २१ मा यो शोको भव्य फाइनल हुँदैछ । तेरिया फाइनलमा पुगेपछि उनलाई जिताउने अभियान फेरि सुरु गरिएको छ ।

‘तेरिया जिताऔं’ अभियानको तर्फबाट सोमवार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरेर तेरियालाई जिताउन अनलाइन भोटिङ गर्न आग्रह गरिएको छ । एउटा अनलाइन पीसीबाट सय पटकसम्म भोट गर्न सकिने जानकारी दिइयो । जनवरी १४ बाट सुरु भएको भोटिङ जनवरी १९ को राती ९ बजेसम्म जारी रहने बताइएको छ ।

त्यस्तै उनलाई जिताउनका लागि धेरै भन्दा धेरै एसएमएस आवश्यक पर्ने भएकोले भारतको सिमकार्ड प्रयोगकर्ता नेपालीलाई एसएमएसक पठाउन पनि अनुरोध गरिएको छ । एउटा नम्बरबाट सय पटकसम्म एसएमएस गर्न सक्नेछन् ।

हाल कक्षा ८ मा अध्ययनरत १३ वर्षीया तेरिया नेपालको रुपन्देहीकी हुन् । ‘डीआइडी–३ की विजेता वनेसँगै आयोजकसँको ३ वर्षे सम्झौताका कारण हाल उनी भारतमै अध्ययनरत छिन् ।

तेरियालाई भोट गर्न निम्न तरिका अपनाउन सकिने बताइएको छः

Voting Details :

Type “TER” & send to 56882 (for those who are in India)

Online voting website : www.colorstv.com/jhalak

प्रतिकृया दिनुहोस्