Nepal Sarokar

फेसबुक मार्फत छक्का पञ्जा चलचित्र पाइरेसी गर्नेको पहिचान

काठमाडौं । नेपाली चलचित्रको इतिहासमै सबैभन्दा बढी व्यापार गरेको चलचित्र छक्कापञ्जा सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि निर्माण टोली निकै तनावमा परेका छन् ।

चलचित्र प्रदर्शनको लागि निर्माता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला युरोप पुगेकै बेला छक्कापञ्जा पाइरेसी भएको हो । युरोपबाट फर्किए लगत्तै आधिकारिक रुपमा केही दिनमै युट्युवमा रिलिज गर्ने तयारीमा थिए छक्कापञ्जा युनिट ।

विहीवार राति अचानक फेसबुक मार्फत छक्का पञ्जा पाइरेसी मार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएको केही समयपछि हटाइए पनि त्यसबीचमा हजारौंजनाले डाउनलोड गरिसकेको अनुमान गरिएको छ ।

dikak-raj-giri-chhakka-panja

मलेसियाबाट अर्जुनकुमार श्रेष्ठले पूरै चलचित्रलाई आफ्नो सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि दीपकराज गिरी सहित छक्का पन्जा टिम निकै आक्रोशित भएका छन् । यसको कानूनी उपचारमा जाने उनले चेतावनी समेत दिएका छन् । दीपकले जनाए अनुसार केही व्यक्तिहरु प्रहरी नियन्त्रणमा पुगिसकेका छन् ।

दीपकराज गिरी,प्रियंका कार्की,वर्षा शिवाकोटी,बुद्धि तामाङ लगायतका कलाकारहरुले यस चलचित्रमा अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस्