Nepal Sarokar

प्रधानमन्त्रीले मोर्चासँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार मधेसी मोर्चासँग छलफल गर्नुहुने भएको छ ।

विपक्षी दलको विरोधका वावजुद संशोधन विधेयक पेश भएपछि सरकारले मधेसी मोर्चासँग छलफल गर्न लागेको हो । मोर्चाका नेताहरुका अनुसार संविधान संशोधन विधेयकमा गर्ने भनिएको परिर्माजन, राज्य पुनर्संरचना आयोग गठन, स्थानीय तह पुनर्संरचना लगायतबारे छलफल हुने बताएका छन् । मधेसी मोर्चामा आवद्ध दलहरुले स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदन नमान्ने बताउँदै आएका छन् । सत्तारुढ दलहरुले भने संशोधन विधेयकलाई प्रक्रियामा लैजान तथा चुनावको मिति घोषणाका लागि मधेसी मोर्चालाई सहमत गराउने प्रयास स्वरुप बैठक बोलाएको बताएका छन् ।

छलफल बिहान ९ बजेका लागि बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्