Nepal Sarokar

संसद वैठकमा चुनावी वहस शुरु

काठमाडौं । व्यवस्थापिका–संसद्का सदस्यहरुले स्थानीय तहको निर्वाचनको मिति छिटो घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् ।

सोमवार बसेको संसदको बैठकमा विशेष र शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

लामो समयदेखि अवरुद्ध रहेको संसद खुलेपछि सांसदहरुले विशेष समय र शुन्य समय लिएर बोल्ने क्रम सुरु भएको छ । व्यवस्थापिका संसदमा सोमबारदेखि सांसदहरुले निर्वाचन विधेयकमा छलफल गर्दै विभिन्न समसामयिक विषयवस्तुमा समेत सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष समयमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संसद्मा निर्वाचनसम्बन्धी कानून पेस भइसकेकाले सबै दल मिलेर स्थानीय निर्वाचनतर्फ मुलुकलाई केन्द्रित गराउन आग्रह गर्नुभयो ।

त्यसैगरि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नबुझिकनै सङ्घीयता ल्याइएको दाबी गर्नुभयो । उहाँले विपक्षीको विरोधकाबीच संविधान संशोधन विधेयक प्रस्तुत गरेर तराई र पहाडलाई आपसमा अलग गर्ने षड्यन्त्र भएको आरोप लगाउनुभयो ।

त्यसैगरि सोमबारको संसद बैठकले सरकारलाई संसद्प्रति जवाफदेही बनाई सर्वसाधारण जनतालाई सरकारको काम कारबाहीको जानकारी प्रत्यक्ष रुपमा गराउन ‘प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी आन्तरिक कार्र्यिवधि, २०७३’ अनुमोदन गरेको छ । त्यस्तै सोमवारकै बैठकमा राष्ट्रिय महिला आयोग विधेयक, २०७३ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिकृया दिनुहोस्