Nepal Sarokar

रातो सूर्य चलचित्रको लागि एमालेको वृहत शक्ति प्रदर्शन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली चलचित्रको नायकका रुपमा पर्दामा आउँदैछन् ।

शुक्रबार एमालेले राजधानीमा गरिएको शक्ति प्रदर्शन चलचित्रको छायांकनका लागि भएको आंशका गर्न थालिएको छ । एमाले अध्यक्ष केपी ओलीले समेत अभिनय गर्न लागेको चलचित्र रातो सूर्यका लागि एमालेले शक्ति प्रदर्शनको सुनियोजित नाटक गरिएको केही एमाले कार्यकर्ताहरुको भनाइ छ । उनलाई राष्ट्रवादी नायकका रुपमा चित्रण गरिएको चलचित्र रातो सूर्यको सुटिङ शुक्रबार काठमाडौंमा गरिएको हो । एमालेसहित ९ दलले गरेको बिरोधसभामा रातो सूर्य युनिटले सुटिङ गरेको थियो । मुख्य कलाकार ओली विरोधसभाको नेतृत्व गरिरहेका थिए ।

ओलीले चलचित्रलाई कामलाग्ने गरी डाइलग बोलेका थिए । बिहीबार उनले चलचित्र उत्पादन समुहसँग छलफल गरेका थिए । ओली अभिनित चलचित्र रातो सूर्यको छायाँकन टिमलाई शुक्रबारको सभामा भिन्दै ठाउँ उपलब्ध गराइएको थियो । ड्रोन क्यामराको प्रयोग गरी जुलुश र सभाको दृश्य लिइएको थियो ।

चलचित्रलाई सकेसम्म यथार्थपरक बनाउनका लागि वास्तविक सभाकै प्रयोग गरिएको थियो । ओलीको लोकप्रियता देखाउनका लागि ठूलो संख्या चलचित्रमा देखाउनुपर्ने थियो । जसका लागि शुक्रबारको सभा उपयोगी ठहरियो ।
चलचित्रको सुटिङ हुन लागेको थाहा पाएपछि मञ्चमा आसिन अन्य दलका नेताले ओलीसँग कुमाइ बाहुनको घुमाइ भन्दै जिस्किएका थिए । चलचित्रको दृश्यका लागि ओलीको नाममा जयजयकारसमेत गरिएको थियो । सोका लागि पूर्वतयारी समेत गरिएको चलचित्र निर्माण आवद्ध स्रोतले जानकारी दियो ।

प्रतिकृया दिनुहोस्