Nepal Sarokar

अष्ट्रेलियाको मेलबर्नमा घरभित्रै सर्पले डस्यो

मेलबर्न। मेलबर्नको एउटा घरभित्रै छिरेर सर्पले बाबु र ११ वर्षे छोरोलाई डसेको छ ।

पहिले छोरोलाई आक्रमण गरेको र बचाऊंन जांदा आफूलाई पनि डसेको, बाबु मैट होर्नले बताए। अहिले उपचार पछि दुबै जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । सर्प पक्रने व्यक्ति, मार्क पेल्लीले उक्त सर्प टाइगर प्रजातिको रहेको र त्यसको टोकाई पश्चात, डेढ़ घण्टापछि मान्छेको ज्यान जान सक्ने खतरा हुने जानकारी दिएका छन् ।

उनका अनुसार समातिएको उक्त सर्पलाई बस्ती देखि टाढाको जङ्गलमा लगेर छोडिनेछ ।

प्रतिकृया दिनुहोस्