Nepal Sarokar

फिनल्याण्डमा वेरोजगारलाई ६ हजार पाउण्ड भत्ता

एजेन्सी । फिनल्याण्डको सरकारले सन २०१७ बाट वेरोजगारलाई प्रति महिना ४ सय ७७ पाउन्डका दरले वर्षको ६ हजार भत्ता दिने निर्णय गरेको छ। यूरोपमा आर्थिक मन्दी परेपछि अधिकांस मुलुकहरुले आर्थिक संकट बेहोरिरहेका बेला फिनल्यान्डले यस्तो घोषणा गरेको हो।

फिनल्याण्ड सरकारले बताएअनुसार दुइवर्षको लागि लागु गरिने उक्त कार्यक्रमले पहिलो चरणमा २ हजार बेरोजगारहरुलाई छानेको छ। सन २०१७ को जनवरीबाट नै लागु हुने गरी सुरु गरिएको उक्त कार्यक्रमको सुविधा पाउनेहरुले उक्त भत्ता कहाँ खर्च गर्ने भनेर बताउनु पर्न छ।

प्रतिमहिना फिनल्याण्डमा काम गर्नेले प्रतिमहिना करि २ हजार डलर कमाउन सक्छन। काम पाउनेबेला सम्म मात्र उपलब्ध गराउने र जागीर पाएको समयबाट उक्त भत्ता बन्द गरिने सरकारले जनाएको छ।

पहिलो चरणको उक्त भत्ता कार्यक्रम सफल भएको खण्डमा अन्य वेरोजगारहरुकालागि पनि कार्यक्रम ल्याइने बताइएको छ।
वेरोगार रहेको भन्ने कुराको लागी कुनै प्रमाण पेस नगरेपनि सरकारले सिधै पैसा उपलब्ध गराउने बताएको छ।

प्रतिकृया दिनुहोस्