Nepal Sarokar

भक्तपुरमा जग्गा प्लटिङ गर्न नपाईने

भक्तपुर । भक्तपुरमा मापदण्ड विपरित जग्गा प्लटिङ्ग गर्न नपाउने भएको छ । उपत्यका विकास प्राधिकरण भक्तपुरले मापदण्ड विपरित प्लटिङ्ग गरेको पाइएकोले अनाधिकृत जग्गा प्लटिङ्ग गर्नेलाई कारवाहीको प्रकृया अगाडि सारेको हो ।

उपत्यका विकास प्राधिकरणले भक्तपुरमा १४ वटा स्थानमा प्लटिङ्ग गर्ने अनुमति दिएको छ । कतिपय अनुमति पाएका प्लटिङ्ग पनि मापदण्ड पुरा नगरेको हुदाँ प्लटिङ्गको जग्गा नकिन्न उपत्यका विकास प्राधिकरण भक्तपुर जिल्ला आयुक्त प्रमुख नवराज प्याकुरेलले सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

भक्तपुरमा अनाधिकृत प्लटिङ्ग भएको भन्दै अख्तियारले ताकेता गरेपछि उपत्यका विकास प्राधिकरण भक्तपुरले सबै निकायलाई पत्रचार गरि रोक्न निर्देशन दिएको छ ।

प्राधिकरणले नगरपालिका, मालपोत , नापी र प्रशासनको समेत अनाधिकृत प्लटिङ्ग रोक्न र कुनै स्वीकृति नदिन पत्रचार गरेरको अनाधिकृत प्लटिङ्ग रोक्न विशेष ध्यान दिन आग्रह गर्नुभयो । भक्तपुरमा स्विकृती विना नै प्लटिङ गरेको गुनासो धेरै आए पनि स्विकृती लिन नआएको प्राधिकरणले जनाएको छ ।

प्रतिकृया दिनुहोस्