Nepal Sarokar

एकैपटक ४९ जना नेपालीद्धारा अष्ट्रेलियाको सर्वोच्च शिखर आरोहण

मेलबर्न । अष्ट्रेलियाको सबैभन्दा अग्लो हिमाल एकैपटक आरोहण गरेर नेपालीहरुले कीर्तिमान कायम गरेका छन् ।

अँग्रेजी नयाँ वर्षको अवसरमा एकैपटक ४९ जना नेपालीले अष्ट्रेलियाको सर्वोच्च शिखर माउन्ट कोशियुच्त्कोको सफल आरोहण गरेका हुन् । यसको उचाई २ हजार २ सय २८ मिटर रहेको छ ।

संघीय समाज अष्ट्रेलियाको अगुवाईमा भएको यो कार्यक्रममा ५७ जनाले सहभागिता जनाएका थिए । तर ४९ जना मात्रै शिखरसम्म पुग्न सफल भएको संस्थाका अध्यक्ष गणेश तामाङले जानकारी दिनुभयो । नयाँ वर्षको अवसरमा २ वर्षदेखि ८२ वर्ष उमेरसम्मका उनीहरु हिमाल चढ्नका लागि गएका थिए । एकै पटक एउटै देशका विभिन्न उमेर समूहका यति धेरै मानिस उक्त हिमालमा पुगेको पहिलो पटक भएको तामाङको दाबी छ ।

नेपालको हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्दै शिखर आरोहणमा गएको आयोजकले बतायो । २ वर्षदेखि ८२ वर्ष उमेर समूहकामध्ये पुरुषतर्फ चेन्ड्रूप शेर्पा १ घण्टा ३५ मिनेटमा शिखरमा पुगेका थिए भने महिला तर्फ उपमा कार्कीले १ घण्टा ५० मिनेटमा शिखर पुग्ने सफलता पाएकी थिइन् ।

सिड्नीबाट बसको यात्रा र केबलकारमा बेसक्याम्पसम्म गएपछि त्यहाँबाट सुरु भएको यात्रा अधिकांशले करिब २ देखि तीन घण्टाको हाराहारीमा पूरा गरेका थिए ।

प्रतिकृया दिनुहोस्