Nepal Sarokar

भारतमा आतंकवादी हमलाको डर

एजेन्सी । भारतमा आतंकवादी हमलाको डर रहेको भन्दै केही देशका सरकारहरुले आफ्ना नागरिकलाई सचेत गराएको छ ।

इजरायलले आफ्ना नागरिकलाई तत्कालका लागि भारत नजान आग्रह गरेको छ । नयाँ वर्षको अवसरमा भारतको समुद्री किनार तथा नाइट क्लबमा आतंकवादी हमलाको खतरा रहेको भन्दै इजरायलले आफ्ना नागरिकलाई त्यहाँ नजान निर्देशन दिएको हो ।

इजरायलको आतंक निरोध विभागका अनुसार दक्षिणपश्चिम भारतको केहि ठाउँमा आतंकवादी हमलाको डर रहेको बताएको छ । इजरायली पर्यटक हरेक वर्ष झै यो वर्ष पनि नयाँ वर्ष मनाउन गोवामा पुगेका छन् ।

प्रतिकृया दिनुहोस्