Nepal Sarokar

साहित्यकार कमलमणि दीक्षित रहेनन्

काठमाडौं । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष साहित्यकार कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा निधन भएको छ ।

पछिल्लो समय स्वास्वप्रश्वास सम्बन्धी रोगबाट पीडित उनको ललितपुरको ग्वार्खोस्थित बीएण्डबी अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्व दीक्षितका खोजमुलक निवन्ध, नियात्रा, साहित्य, संस्मरण लगायत विषयमा ५० बढी कृति प्रकाशित छन् । पछिल्लो समयमा पनि हिमाल खबरपत्रिकामा उहाँका ऐतिहासिक संस्मरणात्मक स्तम्भ प्रकाशन हुँदै आएको थियो ।

स्व. दीक्षितका दुई छोरा र एक छोरी छन्।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येटि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्