Nepal Sarokar

रुँदै रुँदै मान्छेहरु कुकुरको मलामी गए

स्याङ्जा। भन्न त अहिले मान्छेले मान्छेलाई प्रेम गर्ने जमाना हरायो भनिन्छ । यदि कसैले प्रेम गर्छन् भने त्यसमा कुनै न कुनै स्वार्थ लुकेको हुन्छ भन्ने ठान्नेहरुको जमात बढी छ ।

तर साचो प्रेम मानिसले आफूसगँ सम्बन्ध राख्ने मानिस मात्र हैन जनावारलाई पनि उत्तिकै गर्ने उदाहरण धेरै देखिन्छन् ।

पछिल्लो समय बुधबार स्याङजामा यस्तै देखियो । सदरमुकाममा बुधबार एउटा प्रिय कुकुरको मृत्यु भयो । त्यसपछि त्यसलाई भावुक हुदै स्थानीयले मानिसलाई जस्तै परम्परागत तरीकाले चितामा पुर्याए । मलामी गए र अन्त्यष्टी गरे ।

आधीखोला किनारमा गएका २२ जना मलामीले कुकुरका लागि चिहान तयार पार्यो । त्यसैमा कुकुरालाई पुरेर श्रदाञ्जली दिएर उनीहरु फर्किए । सेते नामको कुकुर बुधबार बिहान मृत फेला परेको थियो ।

kukur-1

प्रतिकृया दिनुहोस्