Nepal Sarokar

स्टेफेनी डेल भ्याले नयाँ विश्व सुन्दरी घोषित

नेपालकी अश्मि श्रेष्ठले मन जितिन्

काठमाडौं । मिस वल्र्ड २०१६ को ताज पर्टो रिकोकी स्टेफेनी डेल भ्यालेले जितेकी छिन् । सोमवार विहान अमेरिकाको मेरिल्याण्डमा सम्पन्न विश्व सुन्दरी प्रतियोगितामा भ्याले नयाँ विश्व सुन्दरी घोषित भईन् । उनलाई २०१५ की मिस वल्र्ड स्पेनकी मिरेइया लालागुनाले ताज पहिर्याइ दिएकी थिईन् । कार्यक्रमको सञ्चालन सन् २०१३ की मिस वल्र्ड मेगन योङ र जसन कुकले गरेका थिए ।

डोमिनिकन रिपब्लिककी यरित्जा मेगुलिना रायीज रामिरेजले फष्ट रनर अपको ताज जितिन् भने इण्डोनेसियाकी नतासा म्यान्नुयल सेकेण्ड रनरअप घोषित भईन् ।

फिलिपिन्सकी क्याट्रिना ग्रेले प्रिपिजेन्ट च्यालेञ्ज मल्टिमिडिया अवार्ड जितिन् भने चीनकी जीङ कङले टप मोडलको उपाधि हात पारिन् । मिस स्पोर्टस्को उपाधि कुक आइल्याण्डकी नातालिया शर्टले जितिन् । यस्तै मंगोलियाकी बायारत्सेग अल्टागेरेल मिस ट्यालेन्टको उपाधि जितिन् भने इन्डोनेशियाकी नाताशा म्यान्नुयलले ब्यूटी वीथ पर्पोज जितिन् ।

नेपालकी अश्मि श्रेष्ठले मन जितिन्

नेपाल सुन्दरी अश्मि श्रेष्ठ पनि ब्यूटी वीथ पर्पोजको टप फाइभमा परिन् । भूकम्पले क्षतिग्रस्त गोरखाका बालबालिकाहरु विद्यालय नहुँदा विद्यालय जान नपाइरहेको अवस्थामा वियोन्ड द क्लास रुम प्रोजेक्ट मार्फत विद्यालयको पुननिर्माण गरेर भूकम्प प्रभावित क्षेत्रका ती बालबालिकाहरुलाई विद्यालय पठाउन सफल मिस नेपाल अश्मि श्रेष्ठको उक्त कार्यलाई सबैले सह्राना गरे पनि अवार्ड भने जिताएनन् ।

प्रतिकृया दिनुहोस्