Nepal Sarokar

भेस्पाले कारभन्दा महँगो मोटरसाइकल ल्याउँने,मूल्य झण्डै ६० लाख रुपैयाँ

एजेन्सी । इटालियन कम्पनी भेस्पाले महँगो मोटरसाइकल भारतीय बजारमा ल्याउने भएको छ ।

भारतीय बजारलाई लक्षित गरेर उसले एमजिएक्स ट्वान्टी वान नामक मोटरसाइकल ल्याउने तयारी गरिरहेको छ ।

पियाङजिओ र मोटो गुज्जी कम्पनीसँगको सहकार्यमा उसले महँगो मोटरसाइकल निर्माण गर्ने काम गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । बजारमा ल्याउन लागिएको मोटरसाइकलको मूल्य २७ लाख ७८ हजार भारु तोकिएको छ । नेपालमा भने यो मोटरसाइकलको मूल्य झण्डै ६० लाख रुपैयाँ भन्दा माथि हुनेछ ।

यस मोटरसाइकलको मूल्यमा एसयुभी गाडी नै खरिद गर्न सकिने छ। यस मोटरसाइकललाई फ्लाइङ फोर्टेस उपनाम दिइएको छ । १४ सय सिसिको यो क्रुज मोटरसाइकलमा भी टीट्विन इन्जिन बनाइएको छ। यसले ९६ हर्स पावर दिने कम्पनीले दाबी गरेको छ ।

भेस्पाको स्कूटी नेपालमा पनि लोकप्रिय बन्न थालेको छ ।

प्रतिकृया दिनुहोस्