Nepal Sarokar

यम ग्रहमा पानी र समुद्र भेटियो

एजेन्सी । वैज्ञानिकहरुले पृृथ्वीमा जस्तै अर्को ग्रहको सतहमूनि पानी भएको रहस्य पत्ता लगाएका छन् ।

यम ग्रहको सतहमुनि समुद्र रहेको वैज्ञानिकहरुले बताएका हुन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान न्यु होराइजनले दिएको डाटाको विश्लेषणबाट यम ग्रहको सतहमुनि समुद्र रहेको र त्यहाँको पानी हिउँ अवस्था रहेको नेचर जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । यम ग्रहको मुटुको रुपमा चिनिने रातो देखिने सतहको भित्र समुद्र रहेको वैज्ञानिकको भनाई छ ।

सतहमुनि रहेको पानी पग्लिँदै गरेको हिउँ जस्तो रहेको वैज्ञानिकले बताएका छन् । गएको वर्षको जुलाइमा यम ग्रहको अध्ययनका लागि गएको न्यु होराइजन अन्तरिक्ष यानले अहिले अध्ययन गरिरहेको छ । रातो देखिने यम ग्रहको सतहको भित्री भागमा समुद्र रहेको देखिए पनि यस सम्बन्धमा थप अनुसन्धानको खाँचो रहेको वैज्ञानिकको भनाई छ ।

प्रतिकृया दिनुहोस्