Nepal Sarokar

न्यूजिल्याण्डमा भूकम्प जाने हप्ता दिन अघि नै पूर्वानुमान

मेलबर्न । न्यूजिल्याण्डमा स्थानीय समय अनुसार आइतवार मध्यराति १२ः०२ बजे गएको ७.४ म्याग्निच्यूटको भूकम्पको पहिले नै भविष्यवाणी भएको खुलासा भएको छ ।

भूगर्वविद् निगेल एन्थोनी ग्रे नामक व्यक्तिले नोभेम्वर ६ मै प्यासिफिक क्षेत्रमा नोभेम्वर १४ को आसपासमा शक्तिशाली भूकम्प जानसक्ने खतरा रहेको भन्दै सचेत रहन आग्रह गरेको खुलासा भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले फेसबुक मार्फत सम्भावित भूकम्पबाट वच्न सावाधानी अपनाउन र भूकम्पपछि आवश्यक खाद्यन्न लगायतका आवश्यक सामाग्रीहरुको जोहो गर्न सुझाव दिएका थिए ।

उनले नोभेम्वर १४ मा देखिने सुपर मुनका कारण पृथ्वीको गुरुत्वाकर्षणको सन्तुलन विग्रिन गई भूकम्पको सम्भावना प्रवल रहेको बताएका थिए । तर उनले प्यासिफिक क्षेत्र अर्थात न्यूजिल्याण्ड र अष्ट्रेलिया लगायतका क्षेत्रमै भूकम्प जाने भनि गरेको कीटान यथार्थ बनेपछि अहिले चर्चाको विषय बनेको छ ।

साथै फेरि त्यस्तै भूकम्प जाने हो कि भन्ने त्रास अष्ट्रेलिया र न्यूजिल्याण्डवासीमा देखिन थालेको छ ।

fab

प्रतिकृया दिनुहोस्