Nepal Sarokar

कविता : आँपको रुख र वृद्धाश्रम

–कामना न्यौपाने

निधारबाट तप तप
चुहिएका पसिना ,
एक एक थोपा गरि
साँचे सबै ,
त्यो भविष्यको लागि
हाम्रो सपनाको लागि ।

शुन्यतामा हराउदैछ
यो फाटेको मन ,
सम्झँदै ती
संघर्षका दिनहरु ,
त्यसभित्रै खोजिएका
ती मीठा पलहरु ।

 

चर्को घाम छेकिदिने
यो शितल आँपको रुख ,
साक्षी छ मेरा
संघर्ष र सपनाहरुको,
उसको आगमनसंगै
रोपिएथ्यो–यहाँ त्यो ।

उ अचेल हुर्काँउदै छ रे
आफ्नो भविष्य ,
सुस्केरा सुनिदिने रुख
रोप्यो रोपेन खै ,
तर सुनेको छु शहरमा
वृद्धाश्रम हुन्छन् रे है !

mango-tree

प्रतिकृया दिनुहोस्