Nepal Sarokar

नोभेम्वर १४ मा ७० वर्षपछि सुपरमुन देखिने,पृथ्वीमा उथलपुथलको सम्भावना

काठमाडौं । पृथ्वीको एक मात्र उपग्रह चन्द्रमामा ७० वर्षपछि एउटा अनौठो संयोग जुरेको छ ।

यही नोभेम्वर १४ अर्थात कार्तिक २९ गते पूर्णिमाका दिन चन्द्रमा अत्यन्त चम्किलो र ठूलो देखिने भएको छ ।

करीब ७० वर्षपछि यो दुर्लभ घटना हुनेभएको हो । यसअघि जनवरी १९४८ मा चन्द्रमा यति ठूलो देखिएको थियो । यसलाई सुपरमून भनिन्छ । यसपालीको सुपरमून करीब १४ प्रतिशत ठूलो र ३० प्रतिशत ज्यादा चम्किलो देखिनेछ । टाढाबाट हेर्दा चन्द्रमा जति सुन्दर देखिनेछ, त्यो भन्दा कैयौं गुणा खतरनाक पनि हुनेछ ।

सुपरमूनका कारण समुद्रका लहरहरू बढ्नेछन् । ठूलो चन्द्रमाको गुरुत्वाकर्षणका कारण समुद्रका लहरहरू बढ्छन् । त्यसैले त्यो दिन समुद्र नजिक नजान वैज्ञानिकहरूले सल्लाह दिएका छन् ।

प्रतिकृया दिनुहोस्