Nepal Sarokar

तरकारीवाली ‘मिस नेपाल’ भाइरल बन्दै

missकाठमाडौं । एउटी तरकारीवाली नेपाली किशारीको तस्वीर अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ ।

आकर्षक मुहार,बान्की परेको शरीरकी यी किशोरी तरकारी विक्री गर्न सदरमुकाम बजारमा आउँदै गर्दा खिचिएका हुन् यी तस्वीरहरु । हरियो रंगको कुर्थामा उनी निकै राम्री देखिएकी छिन् । त्यसमाथि यति राम्री भएर पनि राम्री हुनुको घमण्ड उनमा रत्तिभर देखिदैन । उनले थाप्लोमा नाम्लो लगाएर सकिनसकि बोकिरहेको गोलभेंडाको गह्रौं भारीले उनको परिश्रमी जीवनशैलीलाई उजागार गरेको छ । उनले बोकेको मोबाइल फोनले आधुनिक प्रविधिसँग समेत उनी परिचित रहेको प्रष्ट हुन्छ । समग्रमा एउटी वास्तविक नेपाली किशोरीहरुमा खोजिने र हुनुपर्ने सर्वगुणयुक्त देखिएकी उनी वास्तवमा साँच्चिकै मिस नेपालकी प्रतिमूर्ति हुन् ।

miss-2गोरखा र चितवन जोड्ने फिस्लिङ पुलमा भेटिएकी यी किशोरीका यी तस्वीरहरु फोटोग्राफर रुपचन्द्र महर्जनले खिचेका हुन् । पाकिस्तानका एकजना चिया बेच्ने युवक रातारात सेलिब्रेटी बनेको खबर आएको केही हप्तापछि भाइरल बनेकी यी मिस नेपालको पनि भाग्य चम्किदिए कुनै अचम्म मान्नुपर्दैन । किनकि उनी यसका लागि सबै कोणबाट योग्य छिन् ।

प्रतिकृया दिनुहोस्