Nepal Sarokar

डोनाल्ड ट्रम्पले पोर्न अभिनेत्रीलाई समेत बाँकी छोडेनछन् !

एजेन्सी । महिला,सेक्स र दुव्र्यवहारका कारण निकै अप्ठ्यारोमा परेका अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि हुँदा हुँदा एक पोर्नस्टारले समेत आरोप लगाएकीछिन् ।

एक जना पोर्नस्टारले उनीमाथि सनसनीखोज आरोप लगाएकी हुन् । एडल्ट चलचित्र स्टार तथा निर्देशक जेसिका ड्रेकका अनुसार ट्रम्प उनीसँग एक रात बिताउनका लागि दश हजार डलर अफर गरेका थिए । जेसिकाले आफ्नो कुरा पुष्टि गर्नका लागि ट्रम्पका साथ लिइएको तस्वीर पनि सार्वजनिक गरेकी छन् ।

लस एन्जल्समा शनिबार अपरान्ह ४२ वर्षीया जेसिकाले संचारमाध्यमसँग भनिन–मैले पहिलोपटक सन् २००६ मा ट्रम्पलाई भेटेकी थिएँ । एक वर्षपछि उनको विवाह भइसकेको थियो । उनले पटकपटक मसँग रात बिताउन आग्रह गरे । अस्वीकार गर्दा दश हजार डलरको प्रलोभन दिए ।

जेसिकाले भनिन–यसअघि म दुई महिला साथीसँग ट्रम्पको पेन्टहाउस गएकी थिएँ । त्यहाँ उनले सहमतिबिनै सबैलाई किस गरे र सबैलाई अँगालो मारे । जेसिकाले आफु दश वर्षअघि विक्ड पिक्चर्सका लागि काम गर्ने गरेको बताइन् । यही क्रममा एक दिन बिहानै ट्रम्पसँग भेट भएको उनको भनाइ छ । अरबपति विजनेशम्यानले गल्फ कोर्समा सँगै हिड्न भनेको त्यही क्रममा ट्रम्पले आफ्नो फोन नम्बर लिएको उनको भनाइ छ ।

जेसिकाका अनुसार साँझ उनले फोन गरेर कोठामा आउन भनेका थिए । तर, आफूलाई एक्लै उनको कोठामा जान ठिक नलागेकाले साथी लिएर गएको जेसिकाको दावी छ । त्यहाँबाट निस्केपछि पनि फर्कन ट्रम्पले पटकपटक फोन गरेको जेसिकाले बताइन् ।

तर, ट्रम्पले भने जेसिकाको आरोप अस्वीकार गरेका छन् । ट्रम्पले जेसिकासँग आफ्नो चिनजानसमेत नभएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्