Nepal Sarokar

सलमान खान र कैटरिना कैफबीच फेरि प्याच अप

मुम्बई । बलिउड अभिनेता सलमान खान र उनकी पूर्व प्रेमिका कैटरिना कैफबीच फेरि प्याच अप भएको खबरले बलिउडमा चर्चा पाएको छ ।

केही दिन पहिला ठूलो जमघटमा आफ्नी पूर्व प्रेमिका कैटरिना कैफको हात थामिरहेको सलमानको फोटो सार्वजनिक भएपछि उनीहरुबीच फेरि दुरी घटेको अनुमान गर्न थालिएको छ । भारतीय संचारमाध्यमका अनुसार आफ्नी रोमानिया गर्लफ्रेण्ड युलिया बंतुरसँग अफेयरमा रहेका सलमानले पुन कैटरिनाको हात थामेका हुन् ।

बाब सिद्दीकीले दिएको पाटीमा पुगेका सलमानले कैटरिनाको हात समाएका हुन् । सलमान आफ्नी गर्लफ्रेण्डसँग पार्टीमा जाने चर्चा चलेपनि पार्टीमा सलमान एक्लै पुगेका थिए । सोही पार्टीमा पुगेकी कैटरिनासँग सलमानको निकै घुलमिल भएको थियो ।

फोटोमा सलमान ठूलो जमघटमा पूर्व प्रेमिका कैटरिनाको हात समातेर हिडेँको दृष्य देख्न सकिन्छ । एकअर्काको हात समाएका उनीहरु दुवै मुस्कुराएका छन् । संचारमाध्यमले सलमान र कैटरिनाको प्रेम अझै बाँकी रहेको समाचार सम्प्रेषण गरेका छन् ।

केही समय पहिला अभिनेता रणबीर कपुरसँग ब्रेकअपपछि सलमानले कैटरिनालाई आफ्नो करियरमा ध्यान दिन सल्लाह दिएका थिए । सलमानले कैटरिनालाई धेरै सहयोग समेत गर्ने गरेका छन् ।

हालैमा सलमानले फिल्म ‘वीरे दी वेडिंग’ मा कैटरिना कैफलाई अभिनेत्रीको रुपमा लिन सलमानले अनिल कपुरसँग सिफारिससमेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्