Nepal Sarokar

सोनाक्षी र मलाइकाले काठमाडौं तताए,फेरि आउँने दुवैको इच्छा ( फोटो झलक)

काठमाडौँ । बलिउडका चर्चित अभिनेत्री सोनाक्षी सिन्हा र ‘आइटम गर्ल’ मलाइका अरोराले काठमाडौंमा आयोजित अमरपंक्षी च्यारिटी कार्यक्रममा धमाकेदार प्रस्तुति दिए ।

amar 1भूकम्पपीडितको सहयोगार्थ शनिवार साँझ टुँडिखेलमा आयोजित कार्यक्रममा बलिउडका विभिन्न चर्चित गीतमा नृत्य प्रस्तुत गरेर उनीहरुले नेपाली दर्शकको मन जिते ।

amar2सोनाक्षी र मलाइकाले ‘साडी का फाल्स म्याच किया रे’, ‘गन्धी बात’, ‘मुन्नी बदनाम हुई’, ‘अनारकली डिस्को चली’ लगायत गीतमा नाचेका थिए ।

amar3सैनिक श्रीमती संघको आयोजनामा आयोजित ‘अमरपन्छी’ नाम दिइएको उक्त भव्य कार्यक्रममा नेपाली नायिकाहरु, रेखा थापा, प्रियङ्का कार्की, निशा अधिकारी, ऋचा शर्मा,सुष्मा कार्की र गायिका इन्दिरा जोशी लगायतले नृत्य गरेका थिए ।

amar4आफ्नो प्रस्तुति पछि सम्बोधन गर्दै नायिका सोनाक्षी र मलाइकाले नेपालमा आफूहरुले पाएको सम्मान र मायाप्रति आभार व्यक्त गरे । ‘हामीले नसोचेको माया,सम्मान काठमाडौंमा पायौं । यसबाट फेरि पनि यहाँ आउँने इच्छा जागेको छ’,सोनाक्षीले भनिन्–’हामी जरुर फेरि नेपाल आउँन चाहन्छौं । ‘

amar5

amar6

प्रतिकृया दिनुहोस्