Nepal Sarokar

दबाङ्ग गर्ल सोनाक्षी सिन्हाले लेखाइन् गिनिज बुकमा नाम

एजेन्सी । बलिउडमा दबाङ्ग गर्ल भनेर चिनिने सोनाक्षी सिन्हा जति सुन्दर छिन् उत्तिकै प्रतिभाशाली पनि । त्यसैले जबदेखि उनी बलिउडमा प्रवेश गरिन्,त्यसपछि उनी एक पछि अर्को गर्दै विभिन्न कारणहरुबाट बलिउडका हेडलाइनमा अटाउँदै आएकी छिन् ।

पछिल्लोपटक भने उनको भिन्न प्रतिभाका कारण उनी चर्चामा छिन् । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सोनाक्षीले विश्वकै प्रतिष्ठित गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउँन सफल भएकी छिन् । उनले निश्चित समयमा हजारौं नारीहरुको नङलाई सुन्दर तरिकाले सजाइदिएर विश्व कीर्तिमान कायम गरेकी हुन् । सोनाक्षीसँग नङ सजाउँने नारीहरुको भीड नै लागेको थियो ।

sonaयसरी आफूले विश्व कीर्तिमान कायम गर्छु र गिनिज बुकमा आफ्नो नाम लेखाउँछु भन्ने कल्पना नै गरेको थिइनँ,निकै उत्साहित भएकी सोनाक्षीले थपिन्–त्यसमाथि फरक विधामा नाम लेखाउँन सफल भएकीमा अझ खुशी छु ।

चित्रकलामा समेत रुची भएकी उनी अब त्यसमा पनि विश्व कीर्तिमान गर्ने योजनामा छिन् ।

प्रतिकृया दिनुहोस्